नेपाल टी–२० लिग : लुम्बिनीद्वारा फारवेस्टलाई १५३ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : लुम्बिनीद्वारा फारवेस्टलाई १५३ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्ससले फारवेस्ट युनाईटेडलाई १५३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर लुम्बिनीले पुरै ओभर खेल्दा ७ विकेट गुमाएर १५२ रन बनायो।

लुम्बिनीको लागि लाहिरु मिलन्थाले ६० र दीपेन्द्र सिंह ऐरी ३५ रन बनाए। मिलन्थाले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

गुल्सन झाले विष्फोटक ब्याटिङको प्रदर्शन गरे। गुल्सन १० बलमा २५ रन बनाए। फारवेस्टका लागि उमेर अलीले र करन केसीले ३–३ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved