बारामा गोली हानेर भारतीय नागरिकको हत्या

गोली लागेर गम्भीर घाईते भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो । गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपालभ्युज

बारामा गोली हानेर भारतीय नागरिकको हत्या
सांकेतिक तस्वीर।

वीरगञ्ज । बारामा अपरिचित समूहले गोली हानेर एक भारतीय नागरिकको हत्या गरेको छ । भारतको बिहार मोतिहारी जिल्लाका ४५ वर्षीय शिवपुजन यादवको गोली लागेर ज्यान गएको हो ।

बाराको महागढीमाई नगरपालिका-२ स्थित एक पसलमा बसिरहेका बेला मोटरसाइकलमा आएका पाँचजनाको समूहले यादवमाथि गोली चलाएको थियो ।

गोली लागेर गम्भीर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यादव भारतमा विभिन्न अपराधमा संलग्न भएर खोजी सूचीमा रहेका व्यक्ति भएको प्रहरी स्रोतको दाबी छ । उनी बिहीबार भारतबाट आएर बारास्थित आफन्तकोमा बसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved