विवादित गीत ‘बेशर्म रंग’ ले पायो १० करोड भ्युज, शाहरुख र दिपिका मख्ख

नेपालभ्युज

विवादित गीत ‘बेशर्म रंग’ ले पायो १० करोड भ्युज, शाहरुख र दिपिका मख्ख

नयाँ दिल्ली। सामाजिक सञ्जालदेखि सडकसम्म केही मानिसहरु शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठानको विरोध गरिरहेका छन् । यसको पछाडिको सबैभन्दा ठूलो कारण यो हो कि यो फिल्ममा दीपिकाको कपडाको रंग ।

यति हुँदाहुँदै पनि उनको गीतले १० करोड भ्युज पारेको छ । देशका चर्चित गायक तथा संगीतकार विशाल ददलानीले पनि ट्वीटरमा जनतालाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘ १०० मिलियन भ्यूज प्राप्त भएको छ, सबैलाई धन्यवाद।’

सबै विवादका बाबजुद फिल्म पठानले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।  फिल्मको रंगलाई लिएर निकै विवाद भइरहेको छ । धेरै संघसंस्थाले बहिष्कारको माग गरेका छन् तर यति हुँदाहुँदै पनि चलचित्रको प्रमोशन निकै राम्रो भइरहेको छ । दर्शकले यो फिल्मको आतुरताका साथ प्रतिक्षा गरिरहेका बेला फिल्म विवादमा पनि परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved