१० विधामा ओस्कार मनोनयन : दुवै नेपाली फिल्म बाहिरिए

नेपालभ्युज

१० विधामा ओस्कार मनोनयन : दुवै नेपाली फिल्म बाहिरिए

काठमाडौं। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले सन् २०२३ को ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा गरेको छ ।

डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, लाइभ-एक्सन, ध्वनि र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो ।

कुल ९२ मध्ये १५ गैरअंगेजी फिल्म मात्र अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित छन् । नेपालबाट यो विधामा ‘ऐना झ्यालको पुतली’ले प्रतिस्पर्धा गरेको थियो ।

अर्को नेपाली फिल्म ‘लोरी’ले सट फिल्मको लाइभ-एक्सन विधातर्फ प्रतिस्पर्धा गरेको थियो । तर, दुवै नेपाली फिल्म प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पाकिस्तानी फिल्म ‘जोयल्यान्ड’ पहिलोपटक ओस्कारमा मनोनित भएको छ ।

अन्तर्राष्ट्रिय फिचर विधाको मनोनयन यस्तो छ :

१) अर्जेन्टिना -अर्जेन्टिना १९८५
२) अष्ट्रिया -कोसेज
३) बेल्जियम -क्लोज
४) कम्बोडिया -रिटर्न टु सोल
५) डेनमार्क -होली स्पाइडर
६) फ्रान्स -सेन्ट ओमेर
७) जर्मनी -अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
८) भारत -लास्ट फिल्म शो
९) आयरल्यान्ड -द क्वाइट गर्ल
१०) मेक्सिको -बार्डो
११) मोरक्को -ब्लू काफ्टान
१२) पाकिस्तान -जोयल्यान्ड
१३) पोल्यान्ड -इओ
१४) दक्षिण कोरिया -डिसिजन टु लिभ
१५) स्वीडेन -कायरो कस्पिरेसी

आगामी जनवरी १२ देखि १७ सम्म यी फिल्ममाथि पुनः मतदान भएर अन्तिम पाँच मनोनित हुनेछन् । जनवरी २४ मा सबै विधाको मनोनयन सार्वजनिक हुनेछ । मार्च १२ मा ओस्कार अवार्ड समारोह हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved