एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुने

नेपालभ्युज

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुने

काठमाडौं। एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट हुने भएको छ ।

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) संग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको हो ।

यस छुट अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३ सयसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजना पुस २० गतेसम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ९ सयसम्म छुट लिन सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आईएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एसिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएकाे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved