काठमाडौं। नेपाल टी–२० लिगको सहभागी टोली विराटनगर सुपर किङ्सले जर्सी सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा विराटनगरले जर्सी र खेलाडी सार्वजनिक गरेको हो।
विराटनगरको मुख्य प्रशिक्षकमा लिन्डेन फ्रेजरलाई नियुक्त गरिएको छ। विराटनगरले कप्तानको जिम्मेवारी जमाइकाका आन्द्रे म्याकेर्थीलाई दिएको छ। रोहित कुमार पौडेललाई भने उपकप्तानको बनाएको छ।
मुख्य प्रशिक्षक लिन्डेन फ्रेजर
‘आज भएको पहिलो तालिममा हरेक युवा क्रिकेटरमा मैले केहि विशेष पाएको छ। स्थानीय खेलाडीको लागि नेपाल टी–२० कोशेढुङ्गा हुन सक्छ। यो अवसरलाई पूर्ण रुपमा प्रयोग गरेमा पक्कै पनि भविष्य उज्वल हुनेछ,’ मुख्य प्रशिक्षक फ्रेजरले भने।
कप्तान आन्द्रे म्याकेर्थी
कप्तान म्याकेर्थीले भने, ‘आफुले एकदिवसीय र टी–२० मा बटुलेको अनुभवलाई यस लिगमा उपयोग गर्नेछु, सबैलाई एकजुट बनाएर मित्रताको साथ अगाडि बढ्ने योजनामा छु।’
उपकप्तान रोहित कुमार पौडेल
उपकप्तान राहितले टोली प्रतिस्पर्धाको लागि उत्साहित भएको बताए। उनले भने, ‘हाम्रो टोलीमा युवा खेलाडीहरु प्रसस्त छन्। सबैको साझेदारी राम्रो छ। लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छौँ।’
सिकन्दर राजा
नेपाल टी–२० लिग राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटरबीच ज्ञान आदनप्रदान गर्ने राम्रो अवसर भएको जिम्बाब्वेका सिकन्दर राजाले बताए। राजाले भने, ‘फ्रेन्चाइज क्रिकेट लिगले अनुभवी र युवा खेलाडीलाई जोड्ने कार्य गर्दछ, मैले आफुले अग्रजबाट सिकेको ज्ञानलाई स्थानीय खेलाडीहरुसँग साट्न मन छ।’ उनले थपे, ‘समर्थकलाई मनपर्ने सुन्दर क्रिकेटको प्रस्तुतिमा योगदान गर्ने योजना छ।’
प्रबन्धक राहुल शर्मा
टोलीका मालिक राकेश गुप्ताले टोली फाइनलमा पुगे टोलीको लागि एक सप्राइज पुरस्कार भएको घोषण गरे। टोलीका प्रबन्धक राहुल शर्माले फाइनलमा पुगे टोलीलाई १० लाख रुपैँया पुरस्कार दिने घोषणा गरे ।
पुस ९ गते विराटनगरले आफ्नो पहिलो खेलमा लुम्बिनी अल स्टार्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल टी–२० लिग पुस ८ देखि २६ सम्म संचालन हुनेछ।
विराटनगर सुपर किङ्स टोली
नेपाली– रोहित कुमार पौडेल, शाहब आमल, अर्जुन साउद, अमर सिंह रौटैला, नन्दन यादव, विवेक यादव, नारायण जोशी, रिजन ढकाल, प्रदिप सिंह ऐरी, सुर्य तामाङ, पृथु बास्कोटा
विदेशी– हुसेन टलट, गौरन्शु शर्मा, आन्द्रे म्याकार्थी, सिकन्दर राजा, कियोन जोसेप, राज रोक्की नानन
Facebook Comment
Comment