आहा रारा गाेल्ड कप : १० टिम सहभागी हुने, विजेतालाई १२ लाख

नेपालभ्युज

आहा रारा गाेल्ड कप : १० टिम सहभागी हुने, विजेतालाई १२ लाख

काठमाडौं ।  २२ औँ आहा रारा गोल्ड कपमा १० टिम सहभागी हुने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा  यही पुस १४ गतेदेखि पोखरा रङ्गशालामा हुने उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।

प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखराको सहभागिता रहने छ ।

२२ औँ संस्करणको पुरस्कार राशिमा पनि वृद्धि गरिएकाे आयोजकले जनाएको छ ।  विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ पाउने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved