अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास

‘आज म जहाँ छु यो मेरो प्रयास र गल्तीहरुका कारण हुन् र मलाई त्यसमा गर्व छ। मैले मेरो कथा लेखे र हाम्रो अन्त्य हुँदैछ।’, बेन्जेमाले आफ्नो सामाजिक संजालमा लेखे।

नेपालभ्युज

अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास

काठमाडौं। फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेको छन्। सोमबार राति बेन्जेमाले आफ्नो ३५ औँ जन्मदिनमा सन्यास लिने घोषणा गरेको हो।

‘आज म जहाँ छु यो मेरो प्रयास र गल्तीहरूका कारण हुन् र मलाई त्यसमा गर्व छ। मैले मेरो कथा लेखे र हाम्रो अन्त्य हुँदैछ।’, बेन्जेमाले आफ्नो सामाजिक सञ्जालमा लेखे।

कतार विश्वकपमा फ्रान्स अर्जेटिनासँग पराजित भएको एक दिनपश्चात् बेन्जेमाले सन्यासको निर्णय सार्वजनिक गरे।

बेन्जेमाले फ्रान्सको लागि ९७ खेलमा प्रतिनिधित्व गरे। जसमा उनले ३७ गोल गर्न सफल भए। बेन्जेमाले कतार विश्वकपमा फ्रान्सको नेतृत्व गर्ने पक्का भएको थियो। तर, प्रतियोगिता अगाडि चोटका कारण उनले विश्वकप गुमाए।

सन् २००७ मा बेन्जेमाले अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। सन् २०२१ अक्टोबरमा उनले फ्रान्सलाई नेसन्स लिगको उपाधि जिताउन योगदान पुर्‍याएका थिए।

गत सिजन बेन्जेमाले रियल म्याड्रिडको लागि ४६ खेलमा ४४ गोल गरे। म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउनमा बेन्जेमाको मुख्य भूमिका थियो। उनले सन् २०२२ को बालोन डी’ओर उपाधि जितेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved