अफगानिस्तानमा इन्धन बोकेको ट्यांकर विस्फोट, १९ जनाको मृत्यु

नेपालभ्युज

अफगानिस्तानमा इन्धन बोकेको ट्यांकर विस्फोट, १९ जनाको मृत्यु

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलको उत्तरी भागमा अवस्थित एक सुरुङमा इन्धन बोकेको एउटा ट्याङ्कर विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको स्ंख्या बढ्नसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन । केही मृतक नराम्ररी जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन ।

पाँच जना महिला र दुई बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ । शनिबार राति विस्फोटसँगै लागेको आगो आइतबार मात्र निभाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved