नेपाल टी–२० लिग : जनकपुर रोयल्समा केसरिक विलियम्स

नेपालभ्युज

नेपाल टी–२० लिग : जनकपुर रोयल्समा केसरिक विलियम्स

काठमाडौं। नेपाल टी–२० लिगको सहभागी टोली जनकपुर रोयल्सले केसरिक विलियम्सलाई अनुबन्ध गरेको छ ।

रोयल्सले आइतबार वेस्ट इन्डिजका क्रिकेटर विलियम्सलाई अनुबन्ध गरेको जनाएको हो। अन्तर्राष्ट्रिय टी–२० मा विलियम्सले वेस्ट इन्डिजको लागि ५० विकेट लिइसकेका छन्।

‘यस वर्षको नेपाली टी–२० मा जनकपुर रोयल्ससँग जोडिन पाउँदा म खुसी छु। म प्रतियोगिता जितेर उपाधि घर ल्याउनको लागि क्यारेबियन शैलीको प्रस्तुति गर्नेछु।’, विलियम्सले खुसी व्यक्त गरेका छन्।

‘आगामी सिजनको लागि विदेशी खेलाडी विलियम्सको अनुबन्धनले थप उत्साह बढेको छ। उनको अनुभव र उत्सव मनाउने रोचक शैली जनकपुर रोयल्सका समर्थकमाझ पक्कै लोकप्रियता बढउनेछ।’, जनकपुर रोयल्सका मालिक गोविन्द खंडेलवालले बताए।

शनिबार जनकपुरले चाडविक वाल्टन र आशान प्रियंजनलाई अनुबन्धन गरेको थियो।

रोयल्सले डिसेम्बर २४ मा जनकपुरले आफ्नो पहिलो खेल पोखराविरुद्ध   खेल्नेछ।

जनकपुर रोयल्स टोली

मार्की खेलाडी–सोमपाल कामी
श्रेणी ‘बी’–सन्दीप जोरा, मोहम्मद आदिल आलम, दिलीप नाथ, ललित राजवंशी
श्रेणी ‘सी’–सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी
अनावरण विदेशी खेलाडीहरू– चाडविक वाल्टन, केसरिक विलियम्स, आशान प्रियंजन
मुख्य प्रशिक्षक–उमेश पटवाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved