दीपिका पादुकोणेको बिकिनीले भारतमा उर्लेको म्यादी ज्वरो

खासमा यी पुरुषलाई महिलाले कपडा उतारेकोमा आपति भएको हैन, आपत्ति यसमा भएको हो कि महिलाले आफ्नै मर्जीले कपडा उतारे । कपडा उनीहरुको मर्जी अनुसार उतारिनु पर्थ्यो । कुरा सिनेमाको हैन, कुरा कपडाको पनि हैन, कुरा कपडाको रंगको पनि हैन। खासमा कुरा महिलाको कपडा तानिरहेको पुरुष आँखाको हो ।

नेपालभ्युज

दीपिका पादुकोणेको बिकिनीले भारतमा उर्लेको म्यादी ज्वरो

यतिखेर इन्टरनेट नागरिक ‘नेटिजन्स’ देखि सर्वसाधारण नागरिक ‘सिटिजन्स’ सबैलाई एक प्रकारको म्यादी ज्वरो आएको छ। जनता त जनता भइहाले, नेताहरूले पनि देशको चिन्ता छोडेर बिकिनीको चिन्ता सुरु गरेका छन्।

सबैलाई ‘पठान’ फिल्मको एक गीत ‘बेशर्म रंग’ मा दीपिका पादुकोणेले पहिरिएको बिकिनीले उत्पात मच्चाइदिएको छ। भनिदैछ– महान् देशको महान् संस्कृतिमा यस्तो कलंक लागेको छ कि यो धोएर धुइनेवाला छैन ।

मध्यप्रदेशका गृहमन्त्रीले त प्रदेशमा फिल्मलाई प्रतिबन्ध गर्ने चेतावनीसमेत दिएका छन्।

कुनै एक पार्टी र विचारधाराका नेता देशको संस्कृतिको चिन्तामा यति धेरै डुबेका बेला अर्को किन चुप बस्न सक्थ्यो । मुस्लिम संगठन र मौलानाहरू समेत यतै दौडिएका छन्। सामाजिक सञ्जालका हरेक दुईमध्ये एक पोस्टले दीपिका पादुकोणेका भित्री वस्त्रको लम्बाइको जाँच कमिटी बसाएका छन्।

सबैले जीवनका अरु सबै चिन्ता छोडेका छन्। यही चिन्ता बाँकी छ–बलिउडकी एक नायिकाको कपडाले देशमा जुन संकट मडारिएको छ, त्यो संकटबाट कसरी मुक्ति पाउने ?

टेलिभिजनवाला झन् के कम ? उनीहरूले प्रत्येक दिन प्राइम टाइम डिबेटमा बिकिनी पुराण नै लगाएका छन्। नेता, मुस्लिम संगठन, सामाजिक मिडिया र टिभीवाला, यी चार दलको काम नै बिकिनी बहसमा मान्छेलाई लडाउने भएको छ ।

सबैले जीवनका अरु सबै चिन्ता छोडेका छन्। यही चिन्ता बाँकी छ–बलिउडकी एक नायिकाको कपडाले देशमा जुन संकट मडारिएको छ, त्यो संकटबाट कसरी मुक्ति पाउने ?

केही दिन पहिले यसराजको ब्यानरमा शाहरुख खान र दीपिका पादुकोणेको नयाँ सिनेमा पठानको एक गीत ‘बेशर्म रंग’ युटुयुबमा रिलिज भयो । ४ दिनभित्र ६४ मिलियनले हेरे । मान्छे मरिहत्ते गर्दै गीत हेर्दैछन् र हेर्नेबित्तिकै गाली गर्दै हिँडेका छन् ।

गाली खानेमा शाहरुख, दीपिका, निर्माता मात्र छैनन्, हिरो, हिरोइन र निर्माताको धर्म र इमानमाथि पनि प्रश्न उठाइएको छ । यी गालीगलौजको बीचमा पवित्रता र नैतिकताका झण्डावालहरू फतवा जारी गर्न उदत्त छन् ।

सत्य के हो भने यहाँ कसैलाई नैतिकता र पवित्रताको चासो छ जस्तो लाग्दैन, सबैले आ-आफ्नो राजनीतिको रोटी सेक्ने अवसर भने पाएका छन्।

कुरा सिनेमाको हैन, कुरा कपडाको पनि हैन, कुरा कपडाको रंगको पनि हैन। खासमा कुरा महिलाको कपडा तानिरहेको पुरुष आँखाको हो । त्यस्तो पुरुष सोचको हो जो महिलाको कपडाको बहिखाता राखेर चरित्रको प्रमाणपत्र दिन बसेको छ।

बिहान उठ्नेबित्तिकै जब हामी कुनै अखबारका पाना पल्टाउँछौ– ट्रकको टायरदेखि पुरुषको अन्डरवेयरसम्म कुनै न कुन बिकिनीवाली महिलालाई बेचिएको पाउँछौं । जहाँ त्यस्तो तस्वीर हुन्छ, पुरुषका आँखा ४ मिनेट त्यहाँ रोकिन्छन र मनमनै हलचल हुन थाल्दछन् । तर, हामी अखबारलाई कुनै आपत्ति गर्दैनौं ।

पञ्जाब चुनावको मुखमा बलात्कारका आरोपी बाबा रामरहिमलाई जेलबाट रिहाइ गरियो, न देशमा संकट आयो न संस्कृतिमा । खासमा यी पुरुषलाई महिलाले कपडा उतारेकोमा आपत्ति भएको हैन, आपत्ति यसमा भएको हो कि महिलाले आफ्नै मर्जीले कपडा उतारे ।

त्यही अखबरको दशौं पेजमा कुनै नाबालिक बच्चीको बलात्कार भएको खबर पढ्छौँ, गुजरातको अदालतले कुनै बलात्कारीलाई सफाइ दिएको समाचार पढ्छौैं, ब्याइफ्रेडले धोका दिएकी कुनै स्कुले छात्राको आत्महत्याको समाचार पढ्छौं ।

मुखमा एसिड फालिएकी युवतीको समाचार पढ्छौं । बिहेअघि, कुनै गाउँमा दुलहीको कुमारित्व परीक्षणको समाचार पढ्छौँ । अखबार सरक्क अर्कोतिर राखिदिन्छौं । न कसैको कुनै चरित्र जान्छ र संस्कृति बर्बाद भएको चिन्ता नै हुन्छ ।

पञ्जाब चुनावको मुखमा बलात्कारका आरोपी बाबा रामरहीमलाई जेलबाट रिहाई गरियो, न देशमा संकट आयो न संस्कृतिमा । खासमा यी पुरुषलाई महिलाले कपडा उतारेकोमा आपत्ति भएको हैन, आपत्ति यसमा भएको हो कि महिलाले आफ्नै मर्जीले कपडा उतारे ।

कपडा उनीहरूको मर्जीअनुसार उतारिनुपर्थ्यो । उनीहरूको मर्जी र उनीहरूको खुसीका लागि उतारिनुपर्ने थियो । तर, महिलाले आफ्नै मर्जीले, आफ्नै खुसीले, आफ्नै स्वतन्त्रताले, आफ्नै स्वच्छाले, आत्मनिर्भर भएर, आफैँ निर्णय लिएर कपडा उतारेको भएर  यिनलाई आपत्ति भएको छ ।

यिनलाई बलात्कारसँगभन्दा बढी आफ्नै मर्जीले प्रेम र विवाह गर्ने केटीसँग आपत्ति छ । केटीहरू स्वतन्त्रतापूर्वक घुमेको, ब्वाइफ्रेन्ड बनाएको, प्रेम गरेकोमा आपत्ति छ । यिनलाई युवतीको अनुहारमा एसिड फाल्नेसँग हैन, बोल्न इन्कार गर्ने, भनेजस्तो नभइदिने र स्वतन्त्रता उपभोग गर्नेहरूसँग आपत्ति छ ।

युवतीहरू किन कसरी रेडलाइट इलाकामा पुगेका छन्, कुन बाध्यताले उनीहरू दुई पैसामा जवानी बेच्दैछन्, कसैलाई मतलब छैन । यिनको मर्यादाका लागि महिलाले भनेजस्तो गरिदिनुपरेको छ । यिनलाई मोबाइलमा आउने पोर्न भिडियोसँग पनि कुनै आपत्ति छैन । त्यो त लुकीलुकी हेर्ने मात्र हुन् ।

दीपिकाले आफ्नो नाम, धन, पहिचान र आफ्नो सम्मान आफैँ कमाएकी हुन् । बिकिनी लगाउन ठीक लागे लगाउँछिन्, नलागे लगाउँदिनन्, आफ्नो निर्णय आफैँ गर्छिन् । यसमा ठीक-बेठीक, नैतिक-अनैतिक भन्ने नै के छ ? 

महिला साथी, सहकर्मीबारे जोक गर्न, छेडखानी गर्न यिनलाई कुनै अश्लील उपक्रम लाग्दैन । दीपिका पादुकोणेको बिकिनी, त्यसको रंग र डिजाइनसँग भने आपत्ति छ ।

यो कस्तो मनोविज्ञान र मानसिकता होला ? दीपिका एक स्वतन्त्र र स्वनिर्णय लिन सक्षम महिला हुन् । उनको आफ्नै पहिचान छ । कुनै पुरुषले उनलाई जज गरिदिन किन पर्ला ?

दीपिकाले आफ्नो नाम, आफ्नो धन, आफ्नो पहिचान, आफ्नो सम्मान आफैँ कमाएकी हुन । बिकिनी लगाउन ठीक लागे लगाउँछिन, नलागे लगाउँदिनन्, आफ्नो निर्णय आफै गर्छिन । यसमा ठीक-बेठीक, नैतिक-अनैतिक भन्ने नै के छ ?

‘राम तेरी गंगा मैली’ मा मन्दाकिनीले यस महान् देशको महान नैतिकतालाई यसरी नै आहत पारिदिएकी थिइन् । ‘मेरा नाम जोकर’ मा पद्मिनी कोल्हापुरे वर्षामा भिज्दा यसरी नै महान् संस्कृति आहत भएको थियो ।

‘सत्यम, शिवम सुन्दरम्’ मा जिनत अमानको नांगो ढाडले उसरी नै उधुम गरेको थियो। तर, सिनेमा हेर्ने पुरुषहरू भने शंकाको घेराभित्र थिएनन् । यी सिनेमा खिच्ने बनाउने पुरुषहरू त महान् फिल्मकार थिए । शताब्दिकै महान् सिने निर्माता ।

दीपिकालाई यो राम्रो थाहा होला, उनी के गर्दैछिन्, के गर्नु हुन्छ, के गर्नु हुँदैन । कसैलाई देशको संस्कृतिको चिन्ता छ भने यो बुझे हुन्छ कि देशको संस्कृति दीपिका पादुकोणेको बिकिनीमा निर्भर छैन ।

संस्कृतिको आधार अन्त कतै छ । तपाई हाम्रो सोच, नजर, दिमाग र आदतमा निर्भर छ संस्कृति ।

हामी आफ्नो सोच र दिमागलाई ठीक राखौं, देशको संस्कृति आफै ठीक हुन्छ । दीपिकाको चिन्ता उनलाई नै छोडी दिऊँ ।

(दैनिक भाष्करबाट अनुदित‌)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved