कतार। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेर्न र खेलाडी तथा शुभचिन्तकलाई साथ दिन आइतबार कतार जाने बताएका छन् ।
तर, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘लाखौँ देशवासीजस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भूत क्षणलाई पहिलेजस्तै मेरा मानिससँग मिलेर हेर्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरू स्ट्यान्डमा हुनेछन्।’
कतारको खलिफा रंगशालामा शनिबार भएको प्लेअफमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसियाले विश्वकप फाइनल खेलमा तेस्रो स्थान जित्न सफल भएको छ ।
रिपोर्टका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्सका केही खोलाडी कोरोनाभाइरसबाट प्रभावित भएका छन् । जसका कारण टोलीको प्रारम्भिक ‘सेन्टर ब्याक’ जोडीले आइतबार अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनल खेल्न पाउने छैनन् ।
ईएसपीएनका अनुसार राफेल भारानमा कोरोनाभाइरसको हल्का लक्षण देखिएको छ भने डिफेन्डर इब्राहिमा कोनाटे बिरामी भएपछि कोठाबाट बाहिर निस्किएका छन् ।
वाराने र कोनाटेसहित पाँच फ्रान्सेली खेलाडी अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको दुई दिनअघि भएको प्रशिक्षणमा सहभागी हुन सकेका थिएनन् । डेयोट उपमेकानो, एड्रिएन राबिओट र किङ्स्ले कोमान हप्ताको सुरुमा बिरामी परेको र शुक्रबारको अभ्यास गर्न सकेका थिएनन् ।
Facebook Comment
Comment