काठमाडौं। पेरुको संसदले पेड्रो कास्टिलालाई राष्ट्रपतिबाट अपदस्थ गरेपछि त्यहाँको राजनीतिक संकट झनै गहिरिएको छ ।
संसदले एक साताअघि राष्ट्रपति कास्टिलोलाई महाअभियोग लगाएपछि दिनहुँजसो हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा २० जनाको मृत्यु भइसकेको छ भने दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदर्शनबीच शिक्षामन्त्री प्याट्रिसिया कोरियाले र संस्कृतिमन्त्री जेयर पेरेजले राजीनामा दिएका छन् ।
एक टेलिभिजन सम्बोधनमा क्यास्टिलोले संसद विघटन गर्दै देशमा संकटकाल लगाउने घोषणा गरेपछि देश देशमा राजनीतिक संकट चर्किएको थियो ।
तर, उनले संसद विघटना गर्नुअघि नै आकस्मिक बैठक आयोजना गरेका बहुमत संसदले उनलाई महाअभियोग लगाइदिएका थिए। महाअभियोगपछि हिरासतमा रहेका कास्टिलोमाथि विद्रोह र षड्यन्त्रको आरोपमा अनुसन्धान भइरहेको छ । उनले सबै आरोप अस्वीकार गर्दै आफू नै देशको वैध राष्ट्रपति भएको दाबी गरेका छन् ।
यसैबीच, प्रदर्शनकारीहरूले दक्षिण–पूर्वी शहर कुस्कोको विमानस्थल बन्द गरेपछि हजारौं पर्यटकहरू फसेका छन् । प्रदर्शनकारीहरूले टर्मिनलमा आक्रमण गर्न खोज्दा विमानस्थल बन्द भएपछि करिब ५ हजार पर्यटक फसेका उक्त सहरका मेयरले जानकारी दिए ।
Facebook Comment
Comment