लुम्बिनी अल स्टारको प्रशिक्षकमा मनोज कटवाल नियुक्त

कटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सहायक प्रशिक्षक हुन्।

नेपालभ्युज

लुम्बिनी अल स्टारको प्रशिक्षकमा मनोज कटवाल नियुक्त

काठमाडौं। नेपाल टी–२० लिगमा सहभागी लुम्बिनी अल स्टारले मनोज कटवाललाई प्रशिक्षकमा नियुक्त गरेको छ। लुम्बिनीले आइतबार कटवाललाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। कटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसहायक प्रशिक्षक हुन्।

शनिबार लुम्बिनीले इङ्ल्यान्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। टी–२० लिग पुस ८ गतेबाट सुरु हुँदैछ। प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

डबल राउन्ड रोबिनको आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगिताको फाइनल पुस २६ मा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved