दर्शकले रेफ्री र खेलाडी कुटेपछि खेल रद्द, १० जना क्यामेरामेन पनि घाइते

नेपालभ्युज

दर्शकले रेफ्री र खेलाडी कुटेपछि खेल रद्द, १० जना क्यामेरामेन पनि घाइते

मेलबर्न । अष्ट्रेलियाको ए लिग फुटबलका क्रममा दर्शकले रेफ्री र खेलाडीलाई कुटेका छन् । खेल भइरहेको बेलामै दर्शकले मैदानमा पसेर रेफ्री, खेलाडी र क्यामेरापर्सनलाई घाइते बनाएका छन् । मेलबर्न सिटी र मेलबर्न भिक्ट्रीबीचको खेलको २२ औं मिनेटमा दर्शकले मैदानमै पुगेर कुटपिट गरेका थिए ।

त्यसपछि खेल रद्द गरिएको छ। रेफ्री एलेक्स किङले सिटीका गोलकिपर टम ग्लोभरलाई जोगाउन खोजिरहेका बेला दर्शकले धातुको बाल्टिनले प्रहार गर्दा दुवैको अनुहारमा चोट लागेको थियो। ग्लोभरको टाउकोमा धेरै टाँका लगाइएको छ । मैदानमा हुलदंगाका क्रममा १० जना टिभी क्यामेरामेन पनि घाइते भएका छन् ।

खेलपछि दुवै क्लबले भनेका छन्, ‘दर्शकहरुले फुटबललाई नै विनाश गरेका छन्, दर्शकको यो व्यवहार एकदमै डरलाग्दो छ,  दुवै क्लबले यो घटनाको निन्दा गर्दछौँ ।’क्लबले यस्ता क्रियाकलाप स्वीकार्य नहुने जनाएको छ ।

भिक्टोरिया पुलिसले सुरुमा मेलबर्न भिक्ट्रीका २ सय जना समर्थक मैदानमा पसेर उदण्ड मच्याएपछि अवस्था तनावपूर्ण बनेको बताएको छ । तनावपछि पोर्चुगल र म्यानचेस्टर युनाइटेडका पूर्व विङ्गर नानी लगायतका खेलाडीहरूलाई तुरुन्तै मैदानबाट बाहिर निकालिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved