पाकिस्तानी मन्त्रीले दिइन् भारतलाई एटम बमको धम्की

नेपालभ्युज

पाकिस्तानी मन्त्रीले दिइन् भारतलाई एटम बमको धम्की

नयाँ दिल्ली। पाकिस्तानकी विदेशमन्त्री शाजिया मारीले भारतलाई परमाणु बमको धम्की दिएकी छन् । उनले पाकिस्तान आणविक अवस्थालाई लिएर चुप लागेर बस्न नहुने पनि बताएको बीबीसीले जनाएको छ ।  समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपुल्स पार्टीकी नेतृ शाजिया मारीले बोल न्यूजसँगको अन्तरवार्तामा भारतलाई परमाणु बमको धम्की दिएकी हुन् ।

शाजियाले भनिन्, ‘भारतले हामीसँग एटम बम छ भन्ने कुरा बिर्सनु हुँदैन । हाम्रो आणविक हतियार मौन बस्नलाई बनाएको होइन । आवश्यक परेमा हामी पछि हट्ने छैनौं।’  उनले भारतीय मन्त्रीहरु नरेन्द्र मोदीको अन्धभक्त बनेर विभिन्न फोरममा पाकिस्तानलाई आतंकवादको केन्द्र भन्दै लगाएको आरोपबारे पनि चर्को रिस पोखेकी छिन् ।

यद्यपि शाजियाले आफ्नो बयानपछि एएनआईको समाचारलाई रिट्वीट गर्दै संयमता अपनाएकी छिन् । उनले लेखेकी छिन्, ‘पाकिस्तान एक जिम्मेवार आणविक देश हो। भारतीय सञ्चारमाध्यमका कतिपय तत्वले हंगामा मच्चाउन खोजिरहेका छन् । भारतीय मन्त्रीको भड्कावपूर्ण भनाइप्रति पाकिस्तानी विदेशमन्त्रीले प्रतिक्रिया दिएका छन् । आतंकवादविरुद्धको लडाइमा पाकिस्तानले भारतभन्दा धेरै गुमाएको छ । मोदी सरकारले अतिवाद र फासीवादलाई बढावा दिइरहेको छ ।’

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको विवादास्पद बयानपछि शाजियाको बयान आएको हो । उनले भुट्टोको भनाइको समर्थन गरेकी छिन् ।  बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन् तर ‘गुजरातका कसाई’ जीवित छन् । र उनी भारतका प्रधानमन्त्री हुन् । प्रधानमन्त्री नहुँदासम्म उनलाई अमेरिका आउन प्रतिबन्द लगाएको थियो ।’

यस वक्तव्यको भारतमा चर्को विरोध भएको थियो र भाजपाले पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन पनि गरेको थियो। यसअघि संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई आतंकवादको केन्द्र भएको भन्दै आलोचना गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved