ब्रान्डेड भनेर नक्कली त किन्नुभएन ? यसरी चिन्नुहोस् ब्रान्डेड कपडा

नेपालभ्युज

ब्रान्डेड भनेर नक्कली त किन्नुभएन ? यसरी चिन्नुहोस् ब्रान्डेड कपडा

एजेन्सी । फेशनको दुनियाँमा आजकल युवावर्गमा ब्रान्डेड कपडा किन्ने र लगाउने होड नै मच्चिएको छ । हरेक व्यक्ति आफ्ना कपडा देखि जुत्तासम्म ब्रान्डेड लगाउन चाहन्छन् । तर कैयौं युवा ब्रान्डेड कपडा भनेर नक्कली कपडा किनिरहेका हुन्छन् ।

बजारमा हरेक ब्रान्डका हेर्दा उस्तै देखिने नक्कली सामानको कमी छैन । यदी तपाईलाई पनि त्यही समस्या परेको छ भने अब चिन्ता नलिनुस् । हामी तपाईलाई यस्ता टिप्स दिनेछौं जसले सजिलोसँग ब्रान्डेड वा नक्कली चिन्न सक्नुहुनेछ ।

सिलाई

ब्रान्डेड कपडालाई तपाई त्यसको सिलाई हेरेर पत्ता लगाउन सक्नुहुनेछ । ब्रान्डेड कपडाको सिलाई एकदमै सिधा, सफा र एकैनासको हुनुपर्छ । सिलाईमा प्रयोग गरिएको धागो पनि एकैनासको हुनुपर्छ ।

कपडाको टाँकको तल दिएको पेचमा यदी ब्रान्डको नाम लेखिएको छ भने त्यो सक्कली सामान हो ।

चेन
ब्रान्डेड कपडाको चेन एकदमै स्मुथ र राम्रो क्वालिटीको हुन्छ । नक्कली कपडाको चेन चिन्न एकदमै सजिलो छ । त्यसलाई रफ्तारमा खोल्ने र बन्द गर्ने गर्नुहोस् तपाईलाई अनुमान भइहाल्नेछ ।

एउटा कुरा ध्यान दिनुहोस्, धेरै जस्तो ब्रान्डेड कपडामा चेनमा पनि ब्रान्डको नाम लेखिएको हुन्छ ।

टाँक वा बटन

ब्रान्डेड कपडाको टाँकमा ब्रान्डको नाम लेखिएको हुन्छ भने नक्कली कपडाको बटन सामान्य खालको हुन्छ ।

लोगो

कतिपय अवस्थामा कपडाको लोगो देखेर ब्रान्डेड कपडा चिन्न गाह्रो पर्छ । तर तपाई आफ्नो मोबाइलमा उक्त ब्रान्डको लोगो खोलेर किन्दै गरेको प्रोडक्टको लोगो म्याच गराउनु सक्नुहुन्छ । लोगोको फन्ट स्टाइल हेरेर पनि सक्कली र नक्कली पत्ता लगाउन सकिन्छ ।

ट्याग

आमरुपमा हामीले ब्रान्डेड कपडा किन्दा त्यसको ट्याग्सबाट चिन्ने गर्छौं । तर बजारमा पाइने नक्कली सामानमा पनि ठ्याक्कै मिल्दोजुल्दो ट्याग हुन सक्छ । अब तपाई कपडा किन्न बजार जानुभयो भने ट्याग देख्नुको सट्टा ट्यागलाई चिन्ने कोसिस गर्नुहोस् ।

धेरैखाले ब्रान्ड यस्ता छन् जसले आफ्नो कपडाको सिलाई ‘लिनिङ’ मै ट्याग लगाउने गर्दछन् जसबाट कपडा चिन्न सजिलो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved