कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, अवस्था तनावपूर्ण

नेपालभ्युज

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, अवस्था तनावपूर्ण

महेन्द्रनगर । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा साइकल चढेर क्याम्पस गइरहेका कविराज वैद्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार  वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved