भारतले ५ हजार किलोमिटरमा मार हान्न सक्ने मिसाइल परीक्षण गर्‍यो

पछिल्लो दुई वर्षमा भारतले धेरै मिसाइलको सफल परीक्षण गरेको छ । मे महिनामा सुखोई लडाकु विमानबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल परीक्षण गरिएको थियो ।

नेपालभ्युज

भारतले ५ हजार किलोमिटरमा मार हान्न सक्ने मिसाइल परीक्षण गर्‍यो
फाइल तस्वीर

नयाँ दिल्ली। भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । समाचार एजेन्सी पीटीआईले सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

पीटीआईका अनुसार यस परीक्षणबाट हतियारका धेरै महत्त्वपूर्ण पक्षबारे अनुसन्धान गर्न सकिन्छ । भारत-चीन सीमामा तनाव भइरहेको बेला ओडिशा नजिकै अब्दुल कलाम टापुबाट यो परीक्षण गरिएको हो। यद्यपी यस परीक्षणको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन। यसअघि परीक्षण भएका अग्नि-४ को क्षमता चार हजार किमी सम्मको छ भने अग्नि-३ ले ३ हजार किमी सम्म मार गर्न सक्छ।

पछिल्लो दुई वर्षमा भारतले धेरै मिसाइलको सफल परीक्षण गरेको छ । मे महिनामा सुखोई लडाकु विमानबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल परीक्षण गरिएको थियो । अप्रिलमा, ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको एन्टी-शिप संस्करण भारतीय नौसेना र अण्डमान र निकोबार कमाण्डले संयुक्त रूपमा परीक्षण गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved