बाक्लो हुस्सुका कारण तराईका उडानहरू प्रभावित

नेपालभ्युज

बाक्लो हुस्सुका कारण तराईका उडानहरू प्रभावित
फाइल तस्वीर ।

काठमाडौं। बाक्लो हुस्सुका कारण भिजिविलिटी कम हुँदा तराईका विमानस्थलको उडान प्रभावित भएको छ। कम्पनीहरूले यसबारे यात्रुलाई सूचित गरेका छन् ।

यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण विराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ । भद्रपुर र पोखरा मात्र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ ।

प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । उता, बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलको उडान प्रभावित भएको बुद्ध एयरले जनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved