विगत हेर्दा फ्रान्स धेरै बलियो, आज राति मोरक्कोले हराउला त ?

नेपालभ्युज

विगत हेर्दा फ्रान्स धेरै बलियो, आज राति मोरक्कोले हराउला त ?

काठमाडौं। विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज बुधबार राति फ्रान्स र मोरक्को खेल्दैछन् । कतारको अल बायत स्टडियममा यो खेल बुधबार राति पौने १ बजे सुरु हुनेछ ।

मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई हराएको थियो भने फ्रान्सले इङ्ल्याण्डलाई हराएर अन्तिम चारको यात्रा तय गरेको हो । जारी विश्वकपमा मोरक्को एकमात्र अपराजित टोली हो ।  समूह चरणमा क्रोएसियासँग बराबरीमा खेलेको मोरक्कोले बेल्जियम र क्यानडालाई हरायो । क्वार्टरफाइनलमा उसले स्पेनलाई पेनाल्टीमा पराजित गर्‍यो ।

यस्तै फ्रान्सले समूह चरणमा डेनमार्क र अष्ट्रेलियालाई हरायो भने ट्युनिसियासँग पराजित भयो । नकआउटमा पोल्याण्डलाई हराएको फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई पराजित गर्यो ।

फ्रान्स र मोरक्कोले यसअघि ११ पटक खेलेपनि विश्वकपमा एक अर्कासँग पहिलोपटक खेल्न लागेका हुन् । यसअघि भएका औपचारिक र अनौपचारिक गरी ११ खेलमध्ये ७ वटामा फ्रान्स विजयी भएको छ भने तीन वटा खेल बराबरीमा सकिएका छन् । एउटा खेल मोरक्कोले जितेको थियो ।

दुई देशबिच अहिलेसम्म औपचारिक रुपमा ५ वटा खेल भएकोमा ३ वटामा फ्रान्स विजयी हुँदा एक खेल बराबरीमा र एक खेल मोरक्कोको पक्षमा रहेको छ । फ्रान्ससँग भएका खेलमा मोरक्को कमजोर देखिन्छ तर उसका पछिल्ला प्रदर्शन हेर्दा यसपटक नतिजा उल्टाउन सक्ने अनुमान पनि गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved