विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

नेपालभ्युज

विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

काठमाडौं- फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् ।  खेल कतारको अल बायत मैदानमा राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो ।

यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ ।

फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्। यी दुई टोलीबीच विश्व कपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved