निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्दै आयोग

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले  मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्ने भएको छ । बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved