अस्ट्रेलियामा भएको गोली आक्रमणमा दुई प्रहरीसहित छ जनाको मृत्यु

अस्ट्रेलियाको एक दुर्गम स्थानमा भएको सुनियोजित आक्रमणमा दुई प्रहरी अधिकारीसहित छ जनाको मृत्यु भएको छ। आक्रमणपछि तीन संदिग्धहरु प्रहरीको गोली लागेर मारिएका छन्।

नेपालभ्युज

अस्ट्रेलियामा भएको गोली आक्रमणमा दुई प्रहरीसहित छ जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं। अस्ट्रेलियाको एक दुर्गम स्थानमा भएको सुनियोजित आक्रमणमा दुई प्रहरी अधिकारीसहित छ जनाको मृत्यु भएको छ। आक्रमणपछि तीन संदिग्धहरु प्रहरीको गोली लागेर मारिएका छन्।

ब्रिस्बेन क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा रहेको वाइम्बिलामा बेपत्ता व्यक्तिको खोजी गर्न चार प्रहरी त्यहाँ पुगेका थिए। सोही क्रममा उनीहरुमाथि आक्रमण भएको थियो। आक्रमणको उद्देश्य अझै अस्पष्ट रहेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई अस्ट्रेलियाका लागि ‘हृदयविदारक दिन’ भनेका छन्। न्यू साउथ वेल्स पुलिसको अनुरोधपछि चार जना क्वीन्सल्याण्ड प्रहरीहरू स्थानीय समय अनुसार सोमवार दिउँसो उक्त क्षेत्रमा गएका थिए।
अनुसन्धान गर्न गएका प्रहरीमाथि घेराबन्दी गर्ने क्रममा संदिग्धहरूले ५८ वर्षीय एक अज्ञात व्यक्तिको पनि हत्या गरेका थिए। अर्नोल्ड र म्याक्रो पुलिस बलमा नयाँ थिए तर दुवैले प्रतिबद्ध र साहसी भएकोले ख्याति कमाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved