हिमाञ्चलको १५ औँ मुख्यमन्त्रीका रूपमा काङ्ग्रेस नेता सुखुद्वारा सपथ ग्रहण

नेपालभ्युज

हिमाञ्चलको १५ औँ मुख्यमन्त्रीका रूपमा काङ्ग्रेस नेता सुखुद्वारा सपथ ग्रहण

सिम्ला । हिमाञ्चल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिएका  छन् ।

शपथ ग्रहण समारोह आइतबार १ः३० बजे शिमलास्थित राजभवनमा भएको हो । गान्धी परिवारका वफादार ५८ बर्षीय सुखु चार पटक विधायक निर्वाचित  भएका राज्यमा कांग्रेसका  पूर्व प्रमुख हुन् ।

सुखु एक मिलनसार र पहुँचयोग्य नेताको रूपमा चिनिन्छन्  । सङ्गठनमा आफ्नो लामो समयको त्यागको कारण उनको भारतको पहाडी राज्य हिमाचलमा एक विशाल सञ्जाल छ । वर्षौंदेखि पुरानो पार्टीसँगको सम्बन्धका कारण उनिसँग राज्यमा व्यापक साङ्गठनिक अनुभव पनि छ ।

उनि सन् २०१३ देखि २०१९ सम्म पार्टीको प्रदेश एकाइ अध्यक्ष भएका थिए ।

मध्यमवर्गीय परिवारका उनि हिमाञ्चलबाट तल्लो तहको राजनीति हुँदै शीर्ष पदमा पुग्ने पहिलो काङ्ग्रेस नेता भएका छन् । राज्यमा भएको विधानसभा चुनावमा हिमाचलबाट काङ्ग्रेसले ४० सिट जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved