‘भ्वाइस अफ नेपाल’ बाट बाहिरिए सिक्किमका रिवाश गुरुङ

नेपालभ्युज

‘भ्वाइस अफ नेपाल’ बाट बाहिरिए सिक्किमका रिवाश गुरुङ

काठमाडौं। गायनमा आधारित नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धा अन्तिम आठमा प्रवेश गरेको छ ।

पछिल्लो सप्ताहन्तमा थप दुई जना प्रतियोगी बाहिरिए जसमा सिक्किमका रिवाश गुरुङ र आशिष रायमाझी छन् । टिम राजुका गुरुङ र टिम प्रमोदका रायमाझी शोमा रुचाइएका प्रतिभा हुन् ।

कम मत प्राप्त गरेपछि यी दुवै जना अन्तिम आठमा प्रवेश गर्न सकेनन् । विश्वकप फुटबलको माहोलबीच ‘द भ्वाइस’को माहोल पनि रोचक चरणमा प्रवेश गरेको छ । भुटानका रियान गिरी पछिल्लो सप्ताहन्तका दुवै एपिसोडमा ‘बटम थ्री’मा परे पनि अन्तिम आठमा प्रवेश गर्न सफल रहे। अघिल्लो सप्ताहन्तबाट भूपेन्द्र रणपाल र वर्षा इटानी बाहिरिएका थिए ।

लाइभ शोमा दर्शकको मत निर्णायक हुने हुँदा कुन ट्यालेन्ट बाहिरिन्छन् भन्ने कुराको टुंगो छैन । ‘द भ्वाइस’को नेपाली संस्करण प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीबाट राति ८ बजे प्रसारण हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved