गुजरातमा भाजपाको प्रचण्ड बहुमत, हिमाञ्चलमा कांग्रेसले सरकार बनाउने सम्भावना

मतगणनाको  सुरुवाती रुझान अनुसार भाजपाले १ सय ३ सिटमा जित्ने देखिएको छ । यस्तै, कांग्रेस आईले २३, आम आदमी पार्टीले ७ र अन्य पार्टीले २ सिटमा जित्ने देखिएको छ ।

नेपालभ्युज

गुजरातमा भाजपाको प्रचण्ड बहुमत, हिमाञ्चलमा कांग्रेसले सरकार बनाउने सम्भावना

काठमाडौं । भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी भाजपाले पुन: एकपटक बहुमत ल्याउने देखिएको छ ।

मतगणनाको  सुरुवाती रुझान अनुसार भाजपाले १ सय ८२ मध्ये १५० भन्दा बढि सिटमा अग्रता लिएको छ । कांग्रेस आई २० भन्दा तलै रहने देखिएको छ । आम आदमी पार्टीले ७ सिटमा अग्रता लिएको छ ।

२०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यसपटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ ।

हिमाञ्चल प्रदेशमा पनि चुनावको मतगणना भइरहेको छ । सुरुवाती रुझानमा हिमाञ्चलमा कांग्रेसले बहुमत ल्याउने देखिएको छ । त्यहाँका ६८ मध्ये ३५ भन्दा बढि सिटमा कांग्रेस अगाडी छ । भाजपा ३० भन्दा कम स्थानमा सीमित हुने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved