दिल्लीमा १५ वर्षपछि भाजपाको हार, आम आदमी पार्टीको बहुमत पक्का

 कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् । नतिजाको अन्तिम घोषणा भने भइसकेको छैन ।

नेपालभ्युज

दिल्लीमा १५ वर्षपछि भाजपाको हार, आम आदमी पार्टीको बहुमत पक्का

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा भएको स्थानीय चुनावमा आम आदमी पार्टीको बहुमत आउने पक्का भएको छ । १५ वर्षदेखि भारतीय जनता पार्टी भाजपाले बहुमत हासिल गर्दै आएको दिल्ली नगर निगमको चुनावमा यसपटक आम आदमीले किल्ला तोडेको हो ।

कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् । नतिजाको अन्तिम घोषणा भने भइसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातार तीन कार्यकाल बहुमत ल्याएको थियो । दिल्लीमा वडा अध्यक्षले मेयर चुन्ने भएकाले अब मेयर पनि आम आदमी पार्टीकै हुनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved