सर्वोच्च गएनन् चोलेन्द्र, बारको धर्ना स्थगित

नेपालभ्युज

सर्वोच्च गएनन् चोलेन्द्र, बारको धर्ना स्थगित

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बुधबार सर्वोच्च अदालत नगएपछि नेपाल बार एसोसिएसनको भर्ना कार्यक्रम स्थगित भएको छ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र पठाएपछि नेपाल बार एसोसिएसनले धर्ना सुरू गरेको थियो । महाअभियोगको टुंगो नलागेकाले जबरा न्यायालयमा प्रवेश गर्न नपाउने भन्दै कानुन व्यवसायीहरू धर्नामा बसेका थिए।

पत्र पाएपछि चोलेन्द्रले  आफू नियमित काममा आउने जानकारी सर्वोच्च प्रशासनलाई गराएका थिए । यद्यपि उनी बुधबार सर्वोच्च अदालत गएनन् ।

जबरा सर्वोच्च नगएपछि कानुन व्यवसायीले लागि विरोधका कार्यक्रम स्थगित गरेका हुन्। उनीहरूले आगामी दिनमा पनि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने अडानलाई कायम गरी राखेर विरोधका कार्यक्रम निरन्तर अघि बढाउने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved