विश्वक्रिकेट लिग–२ : नेपाल र नामिबिया भिड्दै

नेपालभ्युज

विश्वक्रिकेट लिग–२ : नेपाल र नामिबिया भिड्दै

काठमाडौं। विश्व क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज बुधबार नेपाल र नामिबिया भिड्दैछन्।

युनाइटेड क्रिकेट क्लब मैदानमा हुने खेलमा नेपाल र नामिबियाबीचको खेल दिउँसो पौने २ बजे हुँदैछ।

सिरिजमा यो नेपालको तेस्रो खेल हो। यसअघि नेपाल र नामिबियाबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। दोस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो।

२२ खेलमा ८ मा जित निकालेको नेपाल १८ अंकसहित छैटौं स्थानमा छ । २८ खेलमा १७ मा जित निकालेको नामिबिया भने ३५ अंकसहित तेस्रो स्थानमा छ।

सिरिजमा नेपाल, स्कटल्यान्ड र नामिबियाको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved