वाग्मती प्रदेश – सत्तारुढ गठबन्धनलाई बहुमत

वाग्मती प्रदेशमा १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ सांसद निर्वाचित हुन्छन् । सत्तारुढ गठबन्धनले निरन्तरता पाए वाग्मतीमा सहज रूपमा बहुमत जुट्ने छ । सरकार बनाउन ५६ सांसदको समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा ६५ सांसद रहेका छन् ।

नेपालभ्युज

वाग्मती प्रदेश – सत्तारुढ गठबन्धनलाई बहुमत

काठमाडौं। वाग्मती प्रदेशमा १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ सांसद निर्वाचित हुन्छन् । सत्तारुढ गठबन्धनले निरन्तरता पाए वाग्मतीमा सहज रूपमा बहुमत जुट्ने छ । सरकार बनाउन ५६ सांसदको समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा ६५ सांसद रहेका छन् ।

नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसले ३७ स्थान प्राप्त गरेको छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको छ ।

प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ । सो दलको २७ स्थानमा भएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र २१ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा १४ स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा ७ सिट प्राप्त गरेको हो । चौथो स्थानमा राप्रपा रहेको छ । सो दल प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ स्थान जितेको छ ।

त्यसै प्रत्यक्षमा ५ सिट र समानुपातिकमा २ स्थान प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले पाँचौँ स्थानमा प्राप्त गरेको छ । त्यसैगरी प्रत्यक्षमा एक स्थान जितेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समानुपातिकतर्फ २ स्थान गरी कुल ३ सिट प्राप्त गरेको छ ।

प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी हाम्रो नेपाल पार्टीले २ स्थान जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved