सेनेगल। अफ्रिकी देश सेनेगलको संसदमा एक महिला सांसदलाई थप्पड हानेको विषयमा विवाद भएको छ । एक सांसदले महिला सांसदलाई थप्पड हाने । यसपछि आक्रोशित महिला मन्त्रीले उनीमाथि कुर्सी हानिन् । त्यसपछि दुई सांसदबीच झडप भएको थियो ।
संसदमा बजेट अधिवेशन चलिरहेको थियो । कारवाहीको क्रममा, सत्तारूढ दल बेन्नो बोक याकार (बीबीवाई) की महिला सांसद एमी नदिये गानिबीले राष्ट्रपति म्याकी सालको तेस्रो कार्यकालको विरोध गर्ने एक आध्यात्मिक नेताको आलोचना गरिन् । विपक्षी दलका सांसद मस्साता साम्बलाई यो कुरा मन परेन । उनी आफ्नो सिटबाट उठे र गानिबीलाई थप्पड हाने ।

अध्यात्मिक गुरुको आलोचनाबारे सांसद मसाता साम्बले भने, ‘एक सांसदले आध्यात्मिक गुरुको अपमान गरेकी छिन् । यो गलत हो । महिला सांसदले यो विषयलाई गम्भीरतापूर्वक लिइनन् । उनले कटाक्ष गर्दै यसलाई बेवास्ता गरिन् । यो साम्बालाई मनपरेन र उनले महिला सांसदलाई थप्पड हाने ।’
Facebook Comment
Comment