मस्जिदमा बन्दुकधारीको हमला, १९ जनाको अपहरण

नेपालभ्युज

मस्जिदमा बन्दुकधारीको हमला, १९ जनाको अपहरण

काठमाडौं। नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा बन्दुकधारीले आक्रमण गरेर १९ जना मुस्लिम उपासकलाई अपहरण गरेको प्रहरीले जनाएको छ।

आक्रमणकारीले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए। उनीहरुले दुई जनालाई घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ।

६ जनालाई अपहरणकारीबाट मुक्त गराएको प्रहरीले जनाएको छ। उत्तरपश्चिम र मध्य नाइजेरियालाई स्थानीय रूपमा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहहरूले आतंकित बनाएका छन्।

उनीहरूले गाउँमा छापा मारेर गाईवस्तु चोर्छन् र फिरौतीको लागि अपहरण गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved