आईसीसी विश्वकप लिग टु- नेपालले आज स्कटल्याण्डसँग खेल्दै

नेपालभ्युज

आईसीसी विश्वकप लिग टु- नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शङ्खलामा आज आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । खेल दिउँसो पौने २ बजे नामिबियाको युनाइटेड क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

यो शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई हराएको थियो भने दोस्रो खेल वर्षाले प्रभावित बनेपछि नेपाल र नामिबियाले अंक बाँडेका छन् ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । शीर्ष तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । शीर्ष पाँचमा पर्ने टोलीले एकदिवसीय मान्यतालाई यथावत राख्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved