सरकार गठनमा सबै विकल्प खुला राख्ने माओवादी केन्द्रको निर्णय

नेपालभ्युज

सरकार गठनमा सबै विकल्प खुला राख्ने माओवादी केन्द्रको निर्णय
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए ।

उनले अन्य विकल्पमा पनि खुला रहनेसमेत जानकारी दिए । बैठकमा अपेक्षा गरेअनुरूप प्रतिनिधि सभामा सिट आउन नसकेको समीक्षा भएको महराले बताए ।

बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।

बैठकमा चुनावको प्रारम्भिक समीक्षा मात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेन्डाबारे छलफल नै नभएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved