नेपथ्यले गर्‍यो विराटनगरबाट ‘मानवताको लागि संगीत’ को भव्य सुरुवात

नेपालभ्युज

नेपथ्यले गर्‍यो विराटनगरबाट ‘मानवताको लागि संगीत’ को भव्य सुरुवात

विराटनगर। दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको सुरुवात गरिएको विराटनगरबाटै लोक रक ब्यान्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भव्य सुरुवात गरेको छ । अभियानको पहिलो ध्वनि शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरूको उत्साह मिश्रित आवाजले गुञ्जायमान भएको थियो ।

अघिल्ला कन्सर्टहरूभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेंडाको ऊनजस्तो’ प्रस्तुत गर्‍यो । गाउनु अघिको धुनमा परिमार्जनसहित केही नयाँपन दिएर सुरु गरिएको उक्त गीतदेखि नै सुरु भएको दर्शकहरूमा तीव्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो ।

दर्शकहरूमा सुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोस्रो गीतमा ‘छेक्यो छेक्यो’, तेस्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरूको निरन्तरता साथ अघि बढाइएको थियो।

‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।

विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुइटा बस र केही साना सवारीमार्फत वीरगञ्जतर्फ प्रस्थान गरेको छ । मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved