काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा मधेशले पहिलो जित निकालेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मधेशले गण्डकीलाई ५ विकेटले पराजित गरेको हो।
यो मधेशको पहिलो जित हो। गण्डकीको भने पाँचौँ पराजय हो। २ अङ्कसहित गण्डकी पाँचौं स्थानमा छ भने २ अङ्क जोडेको मधेश पुछारमा छ ।
२१४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुुमाएर भेट्टायो । मधेशको लागि मयन यादवले ४९ र मेघ राज रामले ४३ रन बनाए। गण्डकीका लागि शिशिर भुसाल, निर्तेश गिरी, सिब्रिन श्रेष्ठ र करन पंगेनीले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको गण्डकी ४८.५ ओभरमा अलआउट हुँदा २१३ रन बनायो। गण्डकीको लागि गोविन्द बिकले ५३ र सुजन गौतमले ३० रन जोडे। मधेशको लागि साइमोन रोयले ३, अब्जित मन्डल, नितेश यादव र अभिषेक तिवारीले २–२ तथा निकेश गुप्ताले १ विकेट लिए।
Facebook Comment
Comment