प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता : सत्ता बाँडफाँडबारे छलफल

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको बल्ल बल्ल बहुमत पुग्ने देखिन्छ। सत्ता गठबन्धनमा आवद्ध दल नयाँ सरकार बनाउने कसरतमा लागिरहेका बेला दुईनेताबीच भेटवार्ता भएको हो ।

नेपालभ्युज

प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता : सत्ता बाँडफाँडबारे छलफल

काठमाडौं। आमनिर्वाचनको परिणामले सत्ता गठबन्धन भत्किएला वा निरन्तर रहला भन्ने अड्कल भइरहेका गठबन्धनका दुईदलका नेताबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच बुधबार खुमलटारमा छलफल भएको हो।

भेटवार्तामा गठबन्धनकै सरकार बनाएर जानेबारे छलफल भएको बताइएको छ । यस्तै गठबन्धनमा अन्य दललाई पनि सामेल गर्नेबारे पनि छलफल भएको छ ।

‘प्रचण्डजीसँग गठबन्धन बलियो बनाएर जाने विषयमा कुरा भयो। गठबन्धनमा अरू दललाई जोडेर जान सकिन्छ की भन्ने कुरा छ,’’ खड्काले भने। पावर सेरिङका विषयमा समेत समझदारी बनाएर जान सकिने भएकाले कुनै समस्या नहुने खड्काले बताए।

प्रत्यक्ष १ सय ६५ र समानुपातिक १ सय १० गरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसद हुनुपर्छ ।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको बल्ल बल्ल बहुमत पुग्ने देखिन्छ। सत्ता गठबन्धनमा आवद्ध दल नयाँ सरकार बनाउने कसरतमा लागिरहेका बेला दुईनेताबीच भेटवार्ता भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved