पार्किङ माग गर्दै बागबजारमा आन्दोलन

नेपालभ्युज

पार्किङ माग गर्दै बागबजारमा आन्दोलन

काठमाडौं। सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरूले आन्दोलन गरेका हुन् ।

महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु गलत भएको व्यवसायीहरू बताउँछन् । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरू व्यवसाय छाड्नुपर्ने अवस्था आउने उनीहरूले बताए ।

आन्दोलनमा सहभागी एक व्यापारी भन्छन्, ‘हामी घरबहाल कर तिर्छौं, व्यवासाय कर तिर्छौं, तर हाम्रो सवारी साधन कहाँ राख्ने ?’ उनीहरूले पार्किङ माग गर्दै बागबजार क्षेत्रका पसलहरूसमेत बन्द गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved