काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले मधेस प्रदेशलाई पराजित गरेको छ। मूलपानी क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले मधेसलाई १० विकेटले पराजित गरेको हो।
प्रदेश-१ को यो दोस्रो जित हो भने मधेसको लगातार तेस्रो हार हो। ४ अंकसहित प्रदेश एक चौथो स्थानमा छ। अंकविहीन मधेस भने पुछारमा छ।
७१ रनको सामान्य लक्ष्य प्रदेश-१ ले १९ं२ ओभरमा कुनै विकेटको क्षतिमा भेट्टायो। प्रदेश-१ का लागि सोनु अन्सारीले अविजित ४५ र सुभान गहतराजले अविजित २४ रन जोडे। सोनुले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
पहिले ब्याटिङ गरेको मधेसले ३१.३ ओभरमा अलआउट हुँदा ७० रन बनायो । मधेसका लागि मयन यादवले १९ र डब्लु मलिकले १२ रन जोडे। प्रदेश-१ का लागि दीपेश कँडेल र विपिन महतोले ३–३ विकेट लिए। सन्देश भट्टराईले २ तथा आशिष मगर र अश्विन महतोले १–१ विकेट लिए।
Facebook Comment
Comment