काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका रूपमा नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयनमा ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
शनिवार आफूलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानलाई कमजोर पार्ने शक्तिहरू अहिले पनि सक्रिय नै रहेको उल्लेख गर्दै उनले भने, ‘अब हामी संविधानको रक्षा गर्ने र कार्यान्वयनमा केन्द्रित हुने हो ।’
कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधि सभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण संविधान कमजोर बनेको उल्लेख गर्दै नेता सिंहले भने, ‘अरु दलहरूले कानून, ऐनहरू बनाउन सकेनन् । अब यसको नेतृत्व नेपाली कांग्रेसले गर्छ ।’
उनले तीनै तहको सरकार बलियो बनाएर लानुको विकल्प नरहेको बताए ।
Facebook Comment
Comment