बर्दिया १ मा कांग्रेसका संजय गौतम विजयी

नेपालभ्युज

बर्दिया १ मा कांग्रेसका संजय गौतम विजयी

काठमाडौं । बर्दिया- १ मा कांग्रेसका केन्द्रीय सदस्य संजयकुमार गौतम विजयी भएका छन् । उनले नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरे ।

विजयी भएका गौतमले ३० हजार ६११ मत पाए । निकट्तम प्रतिद्धन्दी ज्ञवालीले २६ हजार १५५ मत पाएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारु २३ हजार ९९३ मतसहित तेस्रो स्थानमा रहे । गौतमले अघिल्लो चुनावमा वामदेव गौतमलाई पराजित गरेर चर्चा कमाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved