जाजरकोट । जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बस्नेत ३४ हजार १ सय ५१ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिष्पर्धी एमालेका निरजप्रसाद आचार्यले २५ हजार १ सय २० मत ल्याएका छन् । माओवादीका शक्ति बस्नेत ९ हजार ३१ मतान्तरले विजयी भएका हुन् । बस्नेत २०७० सालको चुनावमा जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । यस्तै २०७४ सालको चुनावमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए ।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शक्तिबहादुर बस्नेत केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री तथा त्यसअघि स्वास्थ्य मन्त्री थिए । मानविकीमा स्नातक शक्तिबहादुर बस्नेतले २०४७ सालदेखि राजनीति थालेका थिए । उनि २०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भए । २०६० सालमा पोलिटब्यूरो सदस्य हुँदै बस्नेत सशस्त्र विद्रोहकालमा माओवादी लडाकुको डिभिजन कमिसार समेत भएका थिए ।
Facebook Comment
Comment