पुरानै प्रतिस्पर्धीलाई हराउदै ललितपुर १ मा उदयशम्शेर विजयी

नेपालभ्युज

पुरानै प्रतिस्पर्धीलाई हराउदै ललितपुर १ मा उदयशम्शेर विजयी

काठमाडौं । ललितपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत ल्याएका छन् ।कुल ७४ हजार तीन सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार सात सय ७३ मत खसेको थियो ।

खसेको मतमध्ये एक हजार आठ सय २ मत बदर भएको छ । यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए ।

२०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार नौ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved