कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

नेपालभ्युज

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

काठमाडौं । कैलालाी ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा राम चौधरी विजयी भएका छन् । चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् ।

नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाए भने नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाए । यस्तै राप्रपाका बिरेन्द्र बहादुर बमले ७ हजार ४५ मत पाए ।

यो क्षेत्रमा यसअघि माओवादी विजयी भएको थियो ।

रेशम चौधरीले स्थापना गरेको यो पार्टीले कैलालीकै अन्य दुई क्षेत्र र बर्दियाका दुई क्षेत्रमा पनि अग्रता लिएको छ ।

सो क्षेत्रमा जम्मा ६३ हजार ४४० मत खसेको थियो । सो मध्ये सदर मत ५९ हजार ७१९ र बदर मत ४ हजार २१ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved