फितलो ओपनिङ गरेको माओवादी सकिएकै हो ? कहाँ छ जित्ने सम्भावना ?

देशभर ४४ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीको यो ओपनिङले धेरैलाई झस्काएको छ । जारी मतगणमा माओवादीले दाङ २ र सर्लाही ३ मा मात्रै अग्रता लिएको छ । यो परिणामलाई लिएर सामाजिक सञ्जालमा माओवादी सकिएको भविष्यवाणी पनि भइरहेका छन् । के साच्चै माओवादी सकिएकै हो ? 

नेपालभ्युज

फितलो ओपनिङ गरेको माओवादी सकिएकै हो ? कहाँ छ जित्ने सम्भावना ?

काठमाडौं। सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म २ सिटमा मात्रै अग्रता लिएको छ । केही क्षेत्रमा प्रतिस्पर्धी देखिएको छ ।

देशभर ४४ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीको यो ओपनिङले धेरैलाई झस्काएको छ । जारी मतगणमा माओवादीले दाङ २ र सर्लाही ३ मा मात्रै अग्रता लिएको छ ।

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा र सर्लाही ३ मा नरेन्द्र साहले अग्रता लिएका छन् । यो परिणामलाई लिएर सामाजिक सञ्जालमा माओवादी सकिएको भविष्यवाणी पनि भइरहेका छन् । के साच्चै माओवादी सकिएकै हो त ?

त्यसो भने होइन । किनकी माओवादीले आफ्नो प्रभाव क्षेत्र मानेका र जित्न सक्ने सूचीमा राखेका दर्जनौ ठाउँमा मतगणना सुरु नै भएको छैन । गणना सुरु भएका स्थानको पनि प्रारम्भिक रुझान आएको छैन ।

माओवादीले रोल्पा, रुकुमका दुवै सिट, सल्यान, कालिकोट, गोर्खा, हुम्ला, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, जाजरकोट नुवाकोटलगायतका क्षेत्रमा चुनाव जित्ने सम्भावना छ । ति क्षेत्रको प्रारम्भिक परिणाम अझै आएको छैन । यस्तै कैलाली, बर्दिया, जुम्ला, सिरहा, सर्लाही, कञ्चनपुरलगायत क्षेत्रमा पनि माओवादी बलियो छ ।

सत्ता गठबन्धनसँग सिटबाँडफाँडमा माओवादीले ४२ क्षेत्र लिएको थियो भने २ क्षेत्रमा मैत्रिपूर्ण प्रतिस्पर्धा गरेको छ। माओवादीले जित्ने सूचीमा राखेको काठमाडौं ७ मा पछि परेको छ । रोल्पा, रुकुम, गोर्खा लगायतका केही क्षेत्र यस्ता छन् जहाँ अन्य सबै दल मिल्दा पनि माओवादी बलियो छ ।

त्यसैले अहिले नै माओवादी सकियो भन्नेले यो तथ्यांक बुझेका छैनन् । माओवादीले ३० भन्दा बढी क्षेत्र जित्ने दाबी गरेको थियो । तर प्रारम्भिक परिणामले त्यस्तो संकेत भने गरेको छैन । उसले २५ हाराहारीमा सिट जित्ने सम्भावना भने कायमै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved