काठमाडौं ४ मा गगन थापाको अग्रता फराकिलो हुँदै

नेपालभ्युज

काठमाडौं ४ मा गगन थापाको अग्रता फराकिलो हुँदै

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार राजन भट्टराई भन्दा ४४४ मतले अघि छन् ।

४२१६ मत गणना हुँदा थापाले २ हजार २५ मत पाएका छन् । एमालेका भट्टराईले १ हजार ५८१ मत ल्याएका छन् । बुढानिलकण्ठ नगरपालिका क्षेत्रको मतगणनामै थापाले भट्टराईलाई उछिनेका हुन् ।

यो नगरपालिका नेकपा एमालेको प्रभाव रहेको क्षेत्र मानिन्थ्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved