नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ जना पक्राउ

नेपालभ्युज

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपा (बहुमत)का जिल्ला इन्चार्जसहित ८ जनालाई पक्राउ गरिएको हो ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

उनीहरूलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । इन्चार्ज दयालबाहेक अन्यको नाम भने प्रहरीले खुलाएको छैन । नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गर्दै आएका छन् ।

यसबीच जिल्लाको विभिन्न स्थानमा शंकास्पद वस्तुहरू समेत फेला गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved