इस्तानबुलको व्यस्त शहरमा विस्फोट, ६ जनाको मृत्यु

नेपालभ्युज

इस्तानबुलको व्यस्त शहरमा विस्फोट, ६ जनाको मृत्यु

एजेन्सी । टर्कीको इस्तानबुलको व्यस्त सडकमा भएको एक शक्तिशाली विस्फोटमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । सो विस्फोटमा अन्य थुप्रै व्यक्ति घाइते भएका संचारमाध्यमले जनाएका छन्

टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्यूमा सो विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

अनलाइनमा पोस्ट गरिएको एक भिडियो फुटेजमा ठूलो आवाजसहितको विस्फोट भएको र आगोका लप्का फैलिरहेका देखिन्छन् ।

घटनास्थल वरपरका पसलहरु धमाधम बन्द भएको  सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved