अमेरिकामा २ वटा लडाकु विमान आकासमै ठोकिए, ६ जनाको ज्यान गयो

एउटा बोइङ बी–१७ बम्बर र एउटा सानो विमान आकाशमै ठोक्किएका हुन् । ठोकिएपछि दुबै विमानमा आगो लागेको र तुरुन्तै भुइँमा खसेको बीबीसीले जनाएको छ ।

नेपालभ्युज

अमेरिकामा २ वटा लडाकु विमान आकासमै ठोकिए, ६ जनाको ज्यान गयो

न्युयोर्क। अमेरिकाको डलासमा शनिबार भएको एयर शोका क्रममा दुईवटा विमान आकासमै ठोकिएका छन् ।  एउटा बोइङ बी–१७ बम्बर र सानो विमान आकाशमै ठोक्किएका हुन् । ठोकिएपछि दुवै विमानमा आगो लागेको र तुरुन्तै भुइँमा खसेको बीबीसीले जनाएको छ ।

दुवै जहाज लडाकु विमान हुन् । विमानमा रहेका पाइलट सहित ६ जनाको ज्यान गएको खबरमा उल्लेख छ । एयर शोमा सहभागीहरूले खिचेको भिडियोमा ठूलो बी-१७ बमवर्षक उडिरहेको बेलामा एउटा सानो विमान बेल पी-६३ किङ कोब्राले आफ्नो दिशा बदलेर ठक्कर दिएको देखिएको छ । ठोकिने वित्तिकै दुवै विमानमा आगो लागेको र टुक्रा टुक्रा भएर भूइँमा खसेको देखिन्छ ।

एसोसिएटेड प्रेसका अनुसार अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान थालेको छ।चार इन्जिन भएको बी-१७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो। यो सबै समय को सबै भन्दा सफल बमवर्षक मध्ये एक विहान हो हो। पीऔ६३ किङ कोब्रा भने एक लडाकू विमान थियो । सोभियत वायु सेनाले पनि यसलाई युद्धमा प्रयोग गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved